चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले उपचारमा लापरवाही भए डाक्टरले नै क्षतिपुर्ति दिनुपर्ने भनी सरकारले गरेको निर्णय तत्काल फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएको छ ।
आफूहरुलाई जानकारीनै नदिई अपरिपक्क तरिकाले निर्णय गरेको भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएको हो । सरकारले चिकित्सकको कमजोरीले बिरामीको मृत्यु भएमा उपचारमा संलग्न डाक्टरले क्षतिपुर्ति दिनुपर्ने कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको ६ घण्टा बित्न नपाउँदै चिकित्सक संघले निर्णय फिर्ता लिन भनेको हो ।
संघका महासचिव डा. लोचन कार्कीले नयाँ पत्रिकासँग भने, ‘हामीले बिरामी र चिकित्सकलाई कानूनी दायरामा ल्याउन कानून बनाउँदै गर्दा कसैको राय सल्लाहविना सरकारले यस्तो निर्णय गरेको छ । यो चिकित्सकको हितमा छैन । तत्काल निर्णय फिर्ता नलिए देशै भरीका स्वास्थ्य संस्था थप्प पार्ने छौं ।’