नेकपाका कार्यकर्ताले तनहुँ बन्दिपुर स्थित श्री भानु मावी का शिक्षक पुर्व विधालय प्र.अ दिप बहादुर खत्रीलाई अखिल(क्रान्तिकारी)तनहुँले भ्रष्ट शिक्षक भन्दै विधालयमै कालो मोसो दलेको छ। विधालयको प्र अ को जिम्मेवारीमा रहदा खत्रीले आर्थिक अनियमितता गरेको अखिल(क्रान्तिकारी) तनहुँका अध्यक्ष डम्बर बिकले बताए।
अखिल क्रान्तिकारी गण्डक व्युरो प्रमुख प्रकाश विश्वकर्माले भष्ट्र शिक्षकलाई संङगठनले कार्वाही गरेको स्विकार्दै आगामी दिनमा शिक्षाक्षेत्रमा हुने अनियमिततालाई रोक्ने वताए।
शिक्षक खत्रीले विधालयको विज्ञान सामग्री खरीद गर्दा ७ लाख, कम्प्युटर किन्ने नाउमा ४० हजार,करिव १ करोडको भौतिक संरचना निर्माण गर्दा फर्जी विल बनाई कमिसन खाएको, शिक्षक सरुवा गर्दा, तलव भत्ता वितरण गर्दा राजनैतिक प्रतिशोधको आधारमा भेदभाव गरेको, विधालयको भौतिक संरचना निर्माण गर्दा कागजपत्र हिनामिना गरेको जस्ता आरोप लगाएका छन।