एनआरएनए महिला संयोजकमा अष्ट्रेलियाबाट लिम्बूको उम्मेद्वारी घोषणा

एनआरएनए महिला संयोजकमा अष्ट्रेलियाबाट लिम्बूको उम्मेद्वारी घोषणा
एनआरएन विशेष

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)को महिला संयोजक पदमा अष्ट्रेलियाबाट भोमा लिम्बूले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
एनआरएन अभियानमा एक दशकदेखी सक्रिय लिम्बूले एनआरएनए अष्ट्रेलियाको सचिव, उपाध्यक्ष, आईसीसी सदस्य हँुदै ओशिनिया उपसंयोजकको भएर काम गरिसक्नु भएको छ ।
अघिल्लो कार्यसमितिमा ओशियाना संयोजकमा पराजित लिम्बु वर्तमान कार्यसमितिमा दोश्रो पटक एनआरएनए आईसीसी सदस्यको रुपमा सक्रिय हुनुहुन्छ । ताप्लेजुङ सन्बाकी लिम्बु झन्डै दुई दशकदेखि अस्ट्रेलियामा नर्सको रुपमा कार्यरत हुनुहुन्छ ।
‘हाम्रो अभियान, महिला शसक्तिकरण’ भन्ने नारासहित महिला संयोजकको उम्मेद्वारी घोषणा गर्नुभएकी लिम्बुले एनआरएन अभियान र नेतृत्व तहमा महिला सहभागिता कम रहेकाले महिला सशक्तिकरण आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो ।
एनआरएनएको आठौँ विश्व सम्मेलन असोज २८ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनमा विश्वका ७५ भन्दा बढी देशका एनआरएनको उपस्थिती रहने छ ।

Post Comment