‘आइएस’नेता बग्दादीको अडियो टेप सार्वजनिक

‘आइएस’नेता बग्दादीको अडियो टेप सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार

इस्लामिक अतिवादी समूह ‘आइएस’ले आफ्ना नेता अबु बकर अल बग्दादीको नयाँ अडियो टेप सार्वजनिक गरेको छ ।

अडियोमा बग्दादीले अमेरिका र जापानमाथि उत्तर कोरियाको नयाँ चुनौतीका विषयमा उल्लेख गरेको बीबीसीले जनाएको छ ।

उनले गत जुलाईमा इराकी सेनाले आइएसको नियन्त्रणबाट आफ्नो कब्जामा लिएको मोसुल सहरको संघर्षका विषयमा पनि बोलेका छन् ।

आइएसविरुद्ध संघर्षरत् अमेरिकी सेनाका प्रवक्ताले भने अडियोको जाँच भइरहेको भन्दै उनी जीवितै रहेको अनुमान कायमै राखिएको बताएका छन् ।

बग्दादी सन् २०१४ को जुलाईदेखि सार्वजनिक भएका थिएनन् । अमेरिकाले बग्दादीको टाउकोको मूल्य २ करोड ५० लाख अमेरिकी डलर तोकेको छ ।

Post Comment