एनआरएनए उपाध्यक्षमा जीसीको उम्मेदवारी घोषणा

एनआरएनए उपाध्यक्षमा जीसीको  उम्मेदवारी  घोषणा
एनआरएन विशेष
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को उपाध्यक्ष पदमा खगेन्द्र जीसीले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
विदेशमा बस्ने तपाईँ हामी सबैलाई पहिचान चाहिएको छ यसका लागि नागरिकता निरन्तरता, विदेशमा बस्ने नेपालीलाई पनि राजनीतिक अधिकारका दिनु पर्छ जीसीले हिमालयखवरसंग भने यही विदेशमा बस्ने नेपालीलाई राजनीतिक र आर्थिक पहिचान सहितको अधिकार दिनुपर्छ भन्ने मैले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ ।
हामीलाई राजनीतिक अधिकार बिनाको नागरिकता के काम ? जीसीले भने नागरिकता ऐनमा परिवर्तन गरेर विदेशमा बस्ने नेपालीलाई राजनीतिक र आर्थिक अधिकार सहित नागरिकता निरन्तरता हुनु पर्छ । जीसी एनआरएन नागरिकता समितिका सहसंयोजक पनि हुन् ।
उनको कमिटीले संविधान अनुसार विदेशमा बस्ने नेपालीलाई नागरिकता दिन सरकार र सरोकार निकायलाई दबाब दिइरहेको छ । संविधानमा एनआरएन नागरिकता दिने उल्लेख भए पनि यसअनुसार कानुन अझै बनेको छैन । यही भएर आफ्नो आवश्यकता एनआरएनएमा रहेको जीसीले बताए ।
एक साता अघि उत्तर अमेरिका संयोजक सोनाम लामाले पनि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए ।
एनआरएनएमा महिला सहित तीन जना उपाध्यक्ष हुने व्यवस्था छ । महिला बाहेक दुई जना उपाध्यक्षमा अमेरिकावाटै दुई जनाले उम्मेदवारी घोषणा गरेका हुन् । कानुन विज्ञ जीसी र व्यवसायमा संलग्न लामा दुवै जना न्यूओर्कमा बस्दै आएका छन् ।
अमेरिकाबाट कानुनको उच्च शिक्षाको डिग्री लिएका जीसी सुपर लयर्सपनि हुन् । आउने अक्टोबरको दोस्रो साता काठ्माडौ हायात् होटेलमा एनआरएनएको विश्व सम्मेलन हुदैं छ । यही वेला नयाँ नेतृत्वका लागि निर्वाचन हुदैं छ ।
जीसीले दुई वर्ष अघि पनि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, जित्न सकेनन् । त्यस बेला एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले निराश नहुन र अर्को पटक पुन उम्मेदवारी दिए आफ्नो तर्फबाट सबै सहयोग गर्ने आश्वासन दिएका थिए ।
जीसीको घोषणा पछि एनआरएनए पदाधिकारीमा तिन जनाको उम्मेदवारी पर्ने देखिएको छ । सहकोषाध्यक्षमा रामचन्द्र खरेलले उम्मेदवारी घोषणा गरेका छन् । यस बाहेक पदाधिकारीमा अरूको चर्चा भने खाली हल्ला र बार्गेनिगंका लागि मात्र भएको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले न्यूओर्क भ्रमणका वेला जीसीलाई सघाउन लगाउने आश्वासन दिएको जीसी निकटले बताए । मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको थिएँ अन्य एनआरएन साथीहरूसँग पनि कुरा भइरहेको छ उहाँहरूले मलाई सहयोग गर्ने बताउनु भएको छ जीसीले भने ।

Post Comment