काठमाडौ, साउन १९ । व्यवस्थापिका–संसद्ले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९औं प्रधानमन्त्री निर्वाचित हुने निश्चित प्रायः भएपछि अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा राजनीतिक दलका कार्यकर्ता, सञ्चारकर्मी र सर्वसाधरणको ठूलो भीड लागेको छ ।
प्रधानमन्त्रीका एक्ला उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने राष्ट्र निर्माण गर्ने आफ्नो प्रमुख योजना रहेको बताउँदै भने, ‘प्रधानमन्त्रीजी तपाईले के सोच्नु भएको छ ? कसरी कुन पैसा ल्याएर बनाउने ? स्रोत देखाइदिनुस् । तपाईले देखाएको स्रोत प्रयोग गरेर बनाउन तयार छु । मलाई सिधा, सरल र वुझिने भाषामा सम्झाइदिनस् ।’ उनले अघिल्लो सरकारले जिल्ला जिल्लामा जहाँ बजेट छुट्टिएको छ, त्यो हुबहु कार्यान्वयन गर्ने बताए ।
उनले अघि भने, ‘तर, जहाँ बजेट छुटिट्एको छैन, सपनामात्र बाँडिएको छ । कहिले काहीँ ति सपना मनोरन्जक र आकर्षक हुन सक्छन् । पाइप लाइन, पानी जहाज र आकासको तारा झार्ने कुरा गरे पनि सपना नै हुन्छ ।’ उनले आफु इमान्दार भएर सबै समस्याको समाधान गर्ने पनि उदेघोष गरे । प्रचण्डले विदेशिन बाध्य नेपालीहरुको समास्या समाधान गरेर देशमै रोजागरीको अवस्था सिर्जना गर्ने पुरानैं थेगो दाहोर्याए ।