गगन थापा बिरुद्ध २६ बर्षिय सुबुनाको उम्मेदवारी घोषणा ,को हुन् उनि ?

गगन थापा बिरुद्ध २६ बर्षिय सुबुनाको उम्मेदवारी घोषणा ,को हुन् उनि ?
राजनीति
विवेकशील साझा पार्टीले काठमाडौं ४ मा यसपटक २६ वर्षिया सुबुना बस्नेतलाई उम्मेदवार बनाएको छ।

सुबुनाको प्रतिस्पर्धा  यसपटक काँग्रेसका नेता गगन थापासँग हुनेछ। थापा यसअघि पनि काठमाडौं क्षेत्र नं ४ बाट विजयी भैसकेका छन्। स्थानीय तहको निर्वाचनमा काँग्रेसको काठमाडौं क्षेत्र नं ४ मा भोट घटेको छ। त्यहाँ एमालेको भोट बढेको छ भने बुढानिलकण्ठ नगरपालिकामा एमाले विजयी भएको छ।

एमालेले सांसद राजन भट्टराईलाई क्षेत्र नं ४ बाट उम्मेदवार सिफारिस गरिसकेको छ। २६ वर्षिया सुबुनाको प्रतिस्पर्धा गगन थापा र राजन भट्टराईसँग हुने प्रबल सम्भावना छ। इलाममा जन्मेकी सुबुनाले राजधानीकै किंग्स कलेजबाट एमबिए गरेकी छिन्। उनी चार वर्ष अघि विवेकशील नेपाली मञ्चमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेकी हुन्।

विराटनगरको बिरामीलाई रगत खोजिदिन सहयोग पुर्‍याउने संस्था युथ फर ब्लड हुँदै सामाजिक कार्यमा संलग्न सुबुना अहिले विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत छिन्। पार्टीमा उनले उद्यमशीलता र विकास विभागको नेतृत्व गरिसकेकी छिन्।

परिवारमा ४ दिदी बहिनीमा कान्छी सुबुना आफैँ पनि उद्यमशील छिन्।

गगन थापासँगको प्रतिस्पर्धामा उत्रन लागेकी सुबुनालाई निर्वाचन रोमाञ्चक लागिरहेको छ। गगन थापा राम्रो मान्छे भएपनि गलत राजनीतिक दलबाट उम्मेदवार बनेकाले सुबुना आफ्नो दल र आफूलाई जनताले भोट दिने विश्वासमा छिन्। उनी आफूलाई गगनसँगको प्रतिस्पर्धामा  ग्लानी वा डरको अनुभूती नभएको बताउँछिन्।’

Post Comment