सूर्य चिन्ह लिएका त्रिपाठी कांग्रेस प्रवेश गर्दै

सूर्य चिन्ह लिएका त्रिपाठी कांग्रेस प्रवेश गर्दै
राजनीति

राष्ट्रिय जनता पार्टीप्रति असन्तुष्ट बनेर अलग्गिएका हृदयष त्रिपाठी समहु नेपाली कांग्रेसमा प्रवेश गर्ने विषयमा छलफलमा जुटेका छन् । केही हप्ता अगाडि राजपा छोडेर नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनाव लड्ने निर्णय गरेका त्रिपाठी कांग्रेसमा प्रवेश गर्नका लागि छलफलमा जुटेका हुन् ।


त्रिपाठीसँगै वृजेशकुमार गुप्तालगायत अन्य केही नेताहरु पनि कांग्रेसमा प्रवेश गर्न चाहेको बताइएको छ । राजपा गठन भएलगत्तै पार्टीको रणनीतिप्रति असन्तुष्ट बन्दै आएका त्रिपाठी केही हप्ताअघि मात्रै एमालेसँग चुनावी तालमेल गर्दै सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा जाने निर्णय गरेका थिए ।

राजपा अध्यक्षमण्डलका सदस्य रहेका त्रिपाठी पार्टीबाट विद्रोह गर्दै स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चिह्न लिएर उम्मेदवार बन्ने निर्णय लिएका थिए ।
उक्त समुहमा समूहका त्रिपाठी, कपिलवस्तुका वि.के गुप्ता र ईश्वरदयाल मिश्र, बाँकेका जगदिश शुक्ला र पशुपतिदयाल मिश्र रहेका छन् ।

Post Comment