एनआरएनए नेतृत्वका लागी उम्मेदवरी दर्ता सकियो , दिउँसो मतदान

एनआरएनए नेतृत्वका लागी उम्मेदवरी दर्ता सकियो , दिउँसो मतदान
एनआरएन विशेष

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि साेमबार  निर्वाचन हुने भएपछि अहिले धमाधम उम्मेदवारी दर्ता अन्तिम चरणमा पुगेको छ ।

शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनको आगामी कार्यकालका लागि आइतबार साँझदेखि सोमबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारी दर्ताका लागि सुरुमा दिइएको ९ बजेसम्मको समय ताेकिए पनि अपुग  भएपछि दुईघन्टा थपिएको हो ।

एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक÷एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक÷एक जना तथा युवा संयोजक र उपसंयोजक एक÷एक जना आज हुने निर्वाचनबाट चुनिनेछन् ।

सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् ।

Post Comment