शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा स्कुटरले बसको पछाडी भागमा ठक्कर दिदा स्कुटर चालक ठूलो दुर्घटनाबाट जोगिएका छन् ।
रुपन्देहको लुम्वीनी गाउँपालिका वडा नंं ७ का १९ वर्षिय विवेक काफ्ले तिहार मनाएर पोखरा जादै गर्दा ग १ ख ५२४७ नम्वरको मिनिबसको पछाडी पट्टि ठक्कर दिएपछि स्कुटर बस मुनि छिरेको थियो । तर हेलमेटले काफ्लेलाई जोगाएको छ । उनको गाला र नाकमा चोट लागेको छ । गालामा टाका लगाइएको तनहुँ सेवा हस्पिटलले जनाएको छ । इलाका प्रहरी कार्यालबाट ट्राफिक प्रहरी मा प्रसाद ढकालको नेतृत्वमा तत्काल दुर्घटनास्थलमा प्रहरी पुगेको थियो ।
घाइते काफ्लेको दुलेगौडाको तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । काफ्लेका अनुसार गुडिरहेको सो बस एक्कासी रोकिएपछि ठोक्किन पुगेको हो ।
[youtube https://www.youtube.com/watch?v=rqtwe8at8fg]