बिर्तामोडकी एक यूवतीले हिजो आत्महत्या गरेपछि अहिले झापा शोकमग्त र स्तब्ध बनेको छ । बिशेषगरी युवाहरु स्तब्ध बनेकाछन् । उनिहरुलाइ सामाजिक सञ्जालमा आत्महत्या सामधान होइन भन्ने स्लोगन भाइरल नै बनेको छ ।
२० बर्षिय रेखा सेढाइ जसलाइ रिचा समेत भन्थे उनले आफ्नै कोठामा आत्महत्या गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालहरुमा आफन्तहरुले लेखेको स्टाटसमा उल्लेख भएअनुसार पढाइ खर्च जुटाउन नसकेर आत्महत्या गरेको हुनसक्ने उल्लेख रहेको छ ।
उनले आत्महत्या गर्नु केहि समय अघि एउटा तस्विर पोष्ट गरेकीछन् जसले अहिले सबैको आँशु रसाएको छ । उनल आज म मर्दैछु भन्ने स्टाटस समेत हालेकीछन् । त्यो भन्दा केहि समय अघि पनि त्यस्तै प्रकारको स्टाटस पोष्ट भएको छ ।(Say No To Suicide)
सुन्दर रुपकी धनी ऋचाले स्वहत्या गरेको कुरा सामाजिक सञ्जालमा छाएपछि उनको नाम सर्च गरेर आत्महत्या समस्याको समाधान होईन भनेर कमेन्ट र पोष्ट सुरु भएको छ ।
वुमन्स रुम रिलोडेड (डब्लुआरआर) मा सक्रिय सदस्य रहेको कुरा बाहिर फेसबुकमा खुलेको छ । डाक्टर बन्ने उद्देश्यले एमबीबीएस पढ्दै गरेको कुरा जानकारहरुले लेखेका छन् । गत जनवरीमा यमबुद्धले आत्म हत्या गर्दा दुःखित भएकी उनले आज कसरी आत्महत्या गरिन् ?
उनका साथीहरुले निकै दुखित भएर श्रद्धाञ्जली प्रकट गरिरहेका छन् । ऋचाले आखिर आत्महत्या किन गर्नुपरेको ? सबै अचम्मित छन् ।
सुन्दरतामा चलचित्रकी नायिका भन्दा कम नभएको उनी सबैलाई रुवाउँदै बिदा भईन् ।