चार हजार ७ सय ८ जनाको उम्मेद्वारी

चार हजार ७ सय ८ जनाको उम्मेद्वारी
राजनीति

दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७ सय ८ जनाको उम्मेद्वारी परेको छ ।

उक्त उम्मेद्वारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २ सय ५६ सदस्य पदका लागि परेको हो ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बेलुका ८ः३० बजेसम्मको विवरणअनुसार, प्रतिनिधि सभातर्फ एक हजार ७ सय ४२ र प्रदेश सभातर्फ दुई हजार ९ सय ६६ उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधि सभातर्फ १ सय २६ र प्रदेश सभातर्फ २ सय ९ गरी जम्मा ३ सय ३४ महिलाको उम्मेद्वारी परेको सूचना प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Post Comment