“महासंघसंग सहकार्य गरेर अघि बढ्छाै,लगानी मैत्री वातावरण बनाइदिनुस्”:-एनअारएनए अध्यक्ष भट्ट

“महासंघसंग सहकार्य गरेर अघि बढ्छाै,लगानी मैत्री वातावरण बनाइदिनुस्”:-एनअारएनए अध्यक्ष भट्ट
एनआरएन विशेष

नेपाल पत्रकार महासंघले गैरआवासीय नेपाली संघका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई स्वागत तथा पूर्ण कार्य सफलताको शुभकामना व्यक्त गरेको छ ।

शनिबार महासंघको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले नेपाल पत्रकार महासंघ गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

महासचिव विष्टले गैरआवासीय नेपाली संघप्रति नेपाली जनताले ठुलो अपेक्षा राखेको हुँदा देश विकासका निम्ती गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न आवश्यक रहेको धारण व्यक्त गरे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार महासंघसंग सहकार्य गरेर अघि बढ्ने बताए । उनले महासंघमा ई–लाइब्रेरी स्थापना गर्न सहयोग गर्ने बताए ।

अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघलाई लगानी मैत्री वातावरण निर्माण गर्न सबैलाई आव्हान गरे ।

Post Comment