सचिन रानाभाट । जलश्रोतमा दोश्रो धनी देश नेपाल कक्षा ५ देखी पढ्दै आएको कुरा हो तर बिडम्बना त्यही देशमा पानी लिटरको २५ रुपैयां तिरेर खानु पर्छ । यो हाम्रो रहर हैन बाध्यता हो ।
मानब स्वास्थ्य संग प्रत्क्षय सरोकार राख्ने पानी बजारमा बोतल अनि जारमा बिक्री बितरण परेको पाईन्छ सामान्यतया पानी को पनि निश्चित अवधी हुन्छ । उक्त अवधी समाप्त भएपछी यो खान अयोग्य मानिन्छ । बजारमा बेचिने बोटलमा प्राय ब्याच नम्बर राखेको पाईन्छ तर बोतल संगै बेचिने पानीका जारमा प्राय ब्याच नम्बर भेटैदैनन् । जारको पानी उत्पादन मितिले २ महिना भित्र उपभोग गरिसक्नु पर्छ तर कहिले उत्पादन भयो र कहिले खान अयोग्य हुन्छ केहि लेखिदैन ।
पोखरा क्षेत्रमा खुलेका दर्जन पानी उधोग सबैले जार बेच्ने गर्छन् । पानी उध्योगका लागी जार बाट प्रसस्त नाफा पनि हुन्छ तर किन यसरी बिना ब्याच बजारमा पानी बिक्री हुन्छ ? जिम्मेवार निकाय के हेरेर बसेको छ ? ब्यापारी हरु २, ४ पैसा को लोभ मा किन मानिसको जिवन संग खेलेका छन् ? प्रस्तुत तस्बिर पोखरा क्षेत्रबाट उत्पादन एक पानीको जार हो ।
जसमा ब्याच नंबर राख्ने ठाउं खाली छ अनि तल लेखिएको छ उत्पादन मितिले २ महिना भित्र उपभोग गर्नुहोला भनेको छ । अब कहिले देखी कहिले सम्म उपभोग गर्ने अनि कस्लाई सोध्ने ?
