मकवानपुरको मनहरीमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ ।
मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन रहेका छन् ।
मंगलबार साँझ करिब ६ बजे यो घटना भएको इलाका प्रहारी कार्यालय मनहरीले जानकारी दिएको छ ।
खुकुरी प्रहार गर्ने करिब ३०–३५ वर्षीय सुमन बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले के कारणले खुकुरी प्रहार गरेका हुन् भन्ने अझै खुल्न सकेको छैन ।
‘निकै भीडभाड भएका कारण घटना के कारणले घटेको हो भन्ने अझै खुल्न सकेको छैन,’ प्रहरीले भन्यो, ‘बराइलीलाई समयमा नै नियन्त्रण लिन सकेको कारण अझै धेरै हाताहातीबाट भने जोगिएको छ । उनले के उद्देश्यले यसो गरे भन्नेबारे हामी अनुसन्धान गर्दै छौँ ।’