विक्रम पाण्डेको घोषणा :प्रचण्डलाई हराउनकै लागि ५० करोड खर्चिने

विक्रम पाण्डेको घोषणा :प्रचण्डलाई हराउनकै लागि ५० करोड खर्चिने
राजनीति

चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले अहिले रा।ष्ट्रय राजनीतिमा निकै ठूलो चर्चा बटुलेको छ । त्यतिमात्रै होईन, यो जाडोमा यो निर्वाचन रोमाञ्चक बन्दै गएको छ। माहोल ह्वात्तै बढेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा दुई प्रमुख ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)को आफ्नो उम्मेदवार भन्ने यहाँ छैन। प्रचण्ड नेकपा एमाले र पाण्डे नेपाली काँग्रेसको मतको आशमा निर्वाचन जित्ने दाबीका साथ चुनावी मैदानमा छन्।

मन्त्री पाण्डेले त प्रचण्डलाई हराउनको लागि आफू ५० करोड सम्म पैसा उक्त क्षेत्रका जनतालाई खन्याउन तयार रहेको उद्धघोष गरिसकेका छन् । यही क्षेत्रमा गाभिएको यस अघिको क्षेत्र नं.५ बाट गएको संविधानसभा निर्वाचनमा पाण्डे निर्वा्चित भएका थिए। दाहाल पहिलो पटक यहाँबाट निर्वाचन लड्दै छन्।

स्रोतका अनुसार पाण्डेले आफू कुनैपनि हालतमा निर्वाचन जित्न तयार रहेको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुलाई समेत प्रभावमा पार्नेगरि रणनीतिक चाल चालेका छन् । उनको यो कदमलाई चितवनका कतिपय पूराना नेताहरुले स्वागत गरेका छन् भने कतिपयले आलोचना । उनले आफ्नो लागि ५० करोड ठूलो रकम नभएको भन्दै यति मोटो रकम चुनाव जित्नकै लागि खर्चिर्ने घोषणा गरिसकेका छन् ।

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख सम्भावना बोकेको क्षेत्र हो। सँगै बग्ने राप्ती र नारायणी नदीसँगै साना नदीहरुले यहाँको सौन्दर्यता बढाएका छन् । नदी आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने क्रममा रहेका छन्। राप्ती किनारको पटिहानी, जगतपुर र मेघौली क्षेत्रमा पर्यटकीय होटल रहेका छन्।

पाण्डेले पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रमा एकैचोटि विकासका लहर ल्याईदिने घोषणा गरेका छन् । उनले अहिले भन्न थालेका छन्,“मेरो लागि ५० करोड कुनै ठूलो कुरा होईन, चुनाव जितें भने यहाँको विकास गर्छु।” उनले आफूले चुनाव जिते अबको प्रधानमन्त्री नै आफू बन्ने समेत बताउन थालेका छन। लोकतान्त्रिक गठबन्धनबाट आफू प्रधानमन्त्री बन्ने उनको भनाई छ । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनावमा पछार्न सके आफ्नो पासा पल्टिने उनको बुझाई छ ।

 पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू(संरक्षणमन्त्री विक्रम पाण्डेबीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं ३ अहिले सबैको ध्यान तानेको छ।

Post Comment