छत्र लकाई खड्का , मङ्सिर १९, मोरङ्ग।
मेहनत गरे माटोमा सुन फल्छ भनेझैँ उदारहणीय काम गरेकी छन् बेलबारीकी एकजना जन जनप्रतिनिधीले । बेलबारी नगरपालीकाकी उपमेयर ढाका पराजुलीले आफूले मात्र नगरी छिमेकीलाई समेत काम गर्न सिकाइन् । उपमेयर पराजुलीले उर्लाबारीबाट १० पोका च्याउको बिउ किनेर ल्याइन् । उनले ५ पोका घरमा राखिन् भने ५ पोका छिमेकीलाई रोप्न दिइन् ।
एक महिनाअघि किनेर ल्याएको च्याउको बिउको प्रतिफल अहिले उनले खान थालेकी छन् । उनले ५ पोका बिउबाट ५० किलोभन्दा बढी च्याउ उत्पादन गरेको बताएकी छन् । उनले भनिन्, ‘राजनीतिमा लागेपछि घरमा केहि गर्न भ्याईंदैन । बिहान बेलुका गरेर रोपेको च्याउ अहिले राम्रो आम्दानीको श्रोत हुँदो रहेछ भन्ने मलाई लाग्यो ।’ आफैले उत्पादन गरेका च्याउ अर्ग्यानिक पनि हुने भएकाले नगरपालिकामा आफ्नो पहिलो काम पनि च्याउ खेतीकै प्रवर्द्धन रहने उनले बताइन् ।
नेपाललाई कृषिप्रधान देश भनिए पनि त्यस अनुसारको काम भने नभएकाले सचेतनाका लागि च्याउ रोपेको उनले बताइन् । बजारमा अहिले च्याउ प्रतिकिलो २ सय देखी २ सय ५० रुपैयासम्ममा खरिद-बिक्रि हुने गरेको छ ।