प्रदेश नम्बर ४ को सपथ ग्रहण :५८ जना प्रदेशसभा सदस्यहरुले सपथ लिए,आएनन् दिपक मनाङ्गे

प्रदेश नम्बर ४ को सपथ ग्रहण :५८ जना प्रदेशसभा सदस्यहरुले सपथ लिए,आएनन् दिपक मनाङ्गे
राजनीति

आइतबार प्रदेश नं ४ का प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनियताको सपथ लिइरहँदा दुई सदस्य अनुपस्थित रहे ।

मनाङबाट निर्वाचित सांसद राजिव गुरुङ(दिपक मनाङ्गे) र तनहुँबाट निर्वाचित सांसद रामबहादुर गुरुङ सपथमा सहभागी भएनन् ।

रामबहादुर गुरुङ देशबाहिर रहेका कारण सपथमा सहभागी नभएको बताइएको छ ।

तर धेरैको चासो र नजरमा परेका मनाङबाट निर्वाचित सांसद राजिव गुरुङ अर्थात ‘दिपक मनाङ्गे’ सपथ समारोहमा देखिएनन् ।

ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पाँच वर्षको जेल सजायँ गर्ने पुनरावेदन अदालतकको फैसलालार्इ सर्वोच्च अदालतले सदर गरेपछि उनी अफ्ठ्यारोमा परेका थिए ।

मनाङ ‘ख’ बाट विजयी भएका मनाङ्गे एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । यद्यपी, सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपनि उनको पद भने कायमै छ ।

समारोहमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेश प्रमुख बाबुराम कुँवरबाट सपथ लिएपछि प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

श्रेष्ठले प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुखबाट सपथ लिएका हुन् ।

आफूले सपथ लिएलगत्तै उनले प्रदेश नम्बर ४ का ५८ जना प्रदेशसभा सदस्यहरुलाई पोखराको नदीपुरस्थित प्रदेश सभाहलमा सपथ गराएका हुन् ।

Post Comment