दुई नम्बर प्रदेशका ११ जना प्रदेशसभा सदस्यले हिन्दीमा सपथ लिए

दुई नम्बर प्रदेशका ११ जना प्रदेशसभा सदस्यले हिन्दीमा सपथ लिए
समाज

दुई नम्बर प्रदेशका विधायकहरुले चारवटा भाषामा शपथग्रहण गरेका छन्।

दुई नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरधामस्थित उद्योग बाणिज्य संघ जनकपुरको हलमा एक सय सात जना प्रदेशसभा सदस्यले शपथ लिएका छन्।

जसमध्ये ४७ जनाले मैथिली भाषामा सपथ लिएका छन् भने २५ जनाले भोजपुरी, ३४ जनाले नेपाली र ११ जनाले हिन्दीमा सपथ लिएको सचिवालयले जनाएको छ।

मधेशवादी दलका अधिकांश विधायकहरुले मैथिली, भोजपुरी र हिन्दीमा सपथ लिएका छन् भने कांग्रेस, एमाले र माओवादीका अधिकांश विधायकले नेपालीमा सपथ लिएका छन्।

यसैबीच दुई नम्बर प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठक माघ २१ गते बस्ने जनाइएको छ।

Post Comment