राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले सरकारबाट बाहिरिने बेलामा बिवादास्पद काम गरेका छन् । थापाले शक्तिको आडमा आफ्ना १५ जना कार्यकर्तालाई सरकारी जागिर लगाएका छन् ।
भागबन्डामा कुरो नमिलृपछि दिलनाथ गिरीलाई हटाएर सहरी विकास मन्त्री बनेका थापाले १५ वटा नगर विकास समितिको अध्यक्षमा राप्रपाका कार्यकर्तालाई नियुक्त गरेको स्रोतको दाबी छ ।
थापाले कपिलवस्तुको शिवनगर विकास समितिको अध्यक्षमा बालाराम बुढा, डोटीको सिलगडी नगर विकास समितिको अध्यक्ष्मा अशोककुमार सोव, शिखर नगर विकास समितिको अध्यक्षमा लोकेन्द्रबहादुर अधिकारी, कैलालीको गौरीगंगा विकास समितिको अध्यक्षमा कृष्ण देउवा, रुकुमको आठविसकोट नगर विकास समितिको अध्यक्षमा दुर्गा रेग्मी, बैतडीको पुर्चौडी नगर विकास समितिको अध्यक्षमा मदनबहादुर बिष्ट, रुपन्देशीको तिलोत्तमा नगर विकास समितिको अध्यक्षमा बेलप्रसाद शर्मा, नवलपरासीको सुनवल नगर विकास समितिको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने, दैलेखको दुल्लु नगर विकास समितिको अध्यक्षमा हंसबहादुर खड्का, नवलपरासीको बर्दघाट नगर विकास उपसमितिको अध्यक्षमा डिलबहादुर थापा, अर्घाखाँचीको भूमिकास्थान नगर विकास समितिको अध्यक्षमा शिवबहादुर आचार्य, शीतगंगा नगर विकास समितिको अध्यक्षमा विष्णुप्रसाद गैरे, रुपन्देहीको देवदश नगर विकास समितिको अध्यक्षमा मनकुमार कनौज,बाँकेको कोहलपुर नगर विकास समितिको अध्यक्षमा अवराज खड्का मनोनित भएको उच्च स्रोतको दाबी छ । थापाले यी १५ जनालाई तत्काल नियुक्त गरिसक्ने शहरी विकास मन्त्रालय स्रोतको दाबी छ ।