एमाले र माओवादी केन्द्रबीच एकता टुंगिन लाग्दा खुद्रा मसिना समस्याहरुले दुवैै पार्टीका नेताहरुलाई पिरोल्न थालेको बुझिएको छ । पार्टी एकताका ठूला चुनौतीहरु पन्छाउँदै अगाडि बढिरहेका एमाले र माओवादी केन्द्रका नेताहरुलाई समेत हेर्दा झिनामसिना तर दीर्घकालसम्म पिरोलिरहने समस्याले तनाव दिइरहेको बताइन्छ । स्रोतका अनुसार, माओवादी केन्द्रभित्र कमै उमेरमा पार्टी र राजकीय पद हासिल गरेका नेताहरुमा आफ्नो भविष्य र ‘करियर’लाई लिएर ‘टेन्सन’ शुरु भएको छ । माओवादी केन्द्रभित्र छोटो समयमा धेरै ठूलो पद र लाभको अवसर लिने नेतामा कृष्णवहादुर महरा र वर्षमान पुन अग्रपंक्तिमा पर्छन् । वर्षमान पुन चाहिं जनयुद्धकालमा क्षमता र प्रतिभाभन्दा पनि प्रचण्डको गणेशमानभक्ति गरेर उनी प्रमोशन हुँदै गए ।
अर्थमन्त्रीलगायत पटक पटक मन्त्री भएर धनमान कमाएका पुनले आफू सांसद नभएको बेलामा पनि विशेष ‘जादू’ चलाएर श्रीमती ओनसरी घर्तीलाई सभामुख बनाउन सफल भए । युद्धकालदेखि नै दक्षिणतिर हिमचिम बढाएका बर्षमानले अहिलेसम्म अनिर्वाचित माओवादी पार्टी कमिटीमा रहेर उच्च पद र सुविधा लिएपनि अब एमालेमा उनले सोचेजस्तो सजिलो नहुने चिन्ताले ग्रस्त बनेको माओवादी केन्द्र स्रोत बताउछ । माओवादीको शान्ति प्रक्रियापछि पार्टीको खजाञ्ची झैं बनेका कृष्णवहादुर महरा अर्का सुवर्ण अवसरमा खेल्दै आएका माओवादी केन्द्रभित्रका शक्तिशाली नेता मानिन्छन् । पहिले मोहन वैद्य ‘किरण’ खेमामा रहेर पद प्रतिष्ठा हासिल गर्ने अवसर पाएका महराले पार्टी फुटेपछि पनि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयहरु गृहमन्त्री अर्थ मन्त्री जस्ता मन्त्रालय सम्हाल्ने अवसर पाए । कहिले उत्तर ल्याप्पै कहिले दक्षिणतिर च्याप्पै माननीय कृष्णवहादुर महरा पार्टीभित्र र बाहिर समेत खेल्न सक्ने चतुर नेता मानिन्छन् ।
एकतापछिको चिन्ता
एमाले पार्टी प्रजातान्त्रिक ब्यवहार र शैलीबाट अघि बढ्दै आएको ठूलो दल हो । केन्द्रीय कमिटी अध्यक्षको मर्जी अनुसार चल्दै आएपनि एमालेका प्रत्येक जन संगठन र पार्टी संगठनहरुभित्र प्रजातान्त्रिक शैलीले जरो गाड्दै आएको छ । यो पार्टीले तदर्थवादमा विश्वास गर्दैन । प्रत्येक कमिटी र निकाय समयमै निर्वाचित हुने गर्दछन् । पार्टीको आन्तरिक प्रजातान्त्रिकरणको मामिलामा एमालेले कांग्रेसलाई समेत उछिनेको छ । यस्तो प्रजातान्त्रिक चरित्रको पार्टी एमालेमा अढाई दशकसम्म महाधिवेशनबाट नेतृत्व चयन नगर्ने अप्रजातान्त्रिक चरित्रका नेता भएको माओवादी केन्द्र एमालेमा मिसिदा त्यसका नेताहरुले प्रजातान्त्रिकरणलाई कसरी पचाउलान् ? यस्तो चिन्ता पनि छाएको छ ।
अब क्षमता कि गुटको भर ?
एमालेभित्र क्षमता र प्रतिभाको आधारमा महाधिवेशनमा चुनिनुपर्ने हुनाले बर्षमान पुन, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, मणि थापा, मातृका यादव, अग्नि सापकोटालगायतका नेताहरुमा बेचैनी बढिरहेको दावी माओवादी केन्द्रका एक सचिवालय सदस्यले गरे । महरा, पुन, थापा, यादवसहितको टोलीले एमाले अध्यक्ष ओली बैंककमा रहेको बेला प्रचण्डलाई भेटेर एकताविरुद्ध भड्काउन खोजेको चर्चा पनि चल्यो ।
उनीहरुले एमालेले ‘सत्तरी बर्ष’को उमेर हद बनाएकोले प्रचण्डले अबको पा“च बर्षपछि कार्यकारी भूमिकाको राजनीतिबाट अवकाश लिनुपर्ने एमालेजस्तो विशाल पार्टीमा विशेष एकता महाधिवेशन पछि पूर्व माक्र्सवादीहरु जस्तै किनारा लागेर ‘नो ह्वेर’को अवस्था आउने चिन्ता ब्यक्त गरियो । माओवादी केन्द्रका नेताहरुले माओवादी इतिहास जनयुद्धको गौरव र माओवाद डम्पिङ्ग हुने, अस्तित्वको भयंकर संकट आउने र माओवादीबाट एकतामा मिसिनेहरुको इतिहास सखाप हुने डर देखाएको स्रोतले बतायो ।
टसमस भएनन् प्रचण्ड
प्रचण्ड समक्ष उनीहरुले एमालेसंगको एकताबाट ‘ब्याक भए पाँच बर्ष ढुक्कै प्रचण्ड प्रधानमन्त्री बन्ने बिस्तारै माओवादी पार्टी फस्टाएर जाने भारतस“गको सम्बन्ध पनि सुमधुर रहिरहने जातीय र पहिचानवादी मधेसीहरुको सेन्टीमेन्ट समेत ‘क्यास’ गर्न सकिने रंगीन सपनाको बेलिविस्तार लगाएको चर्चा छ । सो गोप्य बैठकलाई नजिकबाट निहालेका एकता समर्थक माओवादी केन्द्रीय सदस्यका अनुसार, एमालेसंग एकता गर्नका लागि केपी ओलीसंग विशेष सम्बन्ध बनाएका माओवादी नेताद्वय अग्नि सापकोटा र शक्ति बस्नेतको भरपर्दो साथ पाएका प्रचण्डले उनीहरुलाई मुखभरीको जवाफ दिएका थिए ।
प्रचण्डले अब एमाले माओवादी एकता भएरै छाड्ने, त्यसबाट आफू कुनै हालतमा पछाडि नफर्किने, बरु एकताका निम्ति आपूmले परिआए ‘अध्यक्ष’ पदलाई सेक्रिफाइस गरेर कार्यवाहक अध्यक्ष वा सह–अध्यक्षमा चित्त बुझाउने अडान प्रस्तुत गरेपछि माओवादीका शक्तिशाली नेताहरु ठन्डाराम भएको बताइन्छ । आफ्ना पार्टीका नेताहरुसंगको सो छलफलमा प्रचण्डले समानुपातिकतर्फ वि.सं.२०७० सालको चुनावभन्दा ३ लाख मत कम पाएको, अब पनि एकता नगरे पार्टीको अधिकांश नेता कार्यकर्ताहरुले विद्रोह गरेर एमाले ज्वा“इन गर्ने, जनताले तिरस्कार गर्ने र पार्टीको हालत नया शक्ति जस्तो बन्ने भन्दै उनीहरुलाई एकताको पक्षमा दृढतापूर्वक उभिन र भविष्यबारे धेरै चिन्ता नलिन निर्देशन दिएको स्रोतको दावी छ । दुवै पार्टीको उच्च स्रोतले जनाए अनुसार, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको पद मिलानको टुंगो लाग्नासाथ एकीकरण बाकी काम एक–दुई हप्तामै टुंगिनेछ ।
यसरी हुँदैछ एकता
प्रचण्डले केपी ओलीलाई सर्बोच्च नेता पद अफर गरेपछि ओलीले आफ्ना निकटस्थ नेताहरुसग सिरियस छलफल थालेका छन् । ओली निकट एक नेताका अनुसार, पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली, कार्यवाहक अध्यक्ष वा सहअध्यक्ष प्रचण्ड रहने र प्रत्येक कमिटीमा ६० र ४० प्रतिशतको दरले समायोजन गर्ने गरेर एकता प्रक्रिया टुंगिदैछ । एमालेले बहुदलीय जनवाद र माओवादीले माओवादलाई माक्र्सवाद–लेनिनवादसंगै पथप्रदर्शक सिद्धान्त मानेर एकीकरण टुंग्याउने र यसबारे ठोस धारणा महाधिवेशनमा तय गरिने बताइएको छ । एमालेभित्रकै केही नेताले भने प्रधानमन्त्री पदका लागि एमाले पार्टीको ताल्चा चावी प्रचण्डलाई जिम्मा दिनु नहुने राय पनि राख्दै आएको बताइन्छ । जे भए पनि माओवादीभित्रको राजनीतिकरण र प्रजातान्त्रिकरण पनि एकतासगै तीव्र रफ्तारमा अगाडि बढाइने भएको छ । पार्टी कार्यालय कहाँ राख्ने भन्ने बारे सिरियस छलफल नभएपनि अस्थायीरुपमा पेरिसडांडालाई नै हेडक्वार्टर मान्न सकिने ग्रिन सिग्नल एमालेले दिएको खबर छ ।