बजार विकृतिबारे बोले ट्रम्प, व्यापारमा पनि ‘अमेरिका पहिलो’ नीति

बजार विकृतिबारे बोले ट्रम्प, व्यापारमा पनि ‘अमेरिका पहिलो’ नीति
अर्थ​

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व आर्थिक मञ्चमा बोल्दै “भक्षक शैली”मा व्यापार गर्ने परिपाटीको कडा आलोचना गरेका छन्।

स्विटजरल्याण्डको डाभोस शहरमा जारी विश्व आर्थिक मञ्चको बैठकमा आफ्ना व्यापारिक साझेदारहरूसमक्ष बोल्दै ट्रम्पले अनुचित व्यापार नसहने चेतावनी दिए।

उनले व्यापारको मामिलामा पनि ‘अमेरिका पहिलो’ नीति अवलम्बन गरिने बताए।

ट्रम्पले अनुचित व्यापारिक अभ्यासका कारण बजारमा विकृति देखिएको बताउँदै अब त्यसप्रति अमेरिका चुप लागेर नबस्ने बताए।

Post Comment