अमेरिकी नौसेनाको एउटा विमान र रुसी लडाकु विमानबीच आकाशमा ५ फिटको दुरीमा उडान भएको तथ्य प्रकाशमा आएको छ ।
ब्ल्याक सीमाथि सोमबार दुवै विमान निकै जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको बताइएको छ । अमेरिकी विदेशमन्त्रालयले यो घटनाको पुष्टि गरेको छ ।
रुसी अधिकारीहरुले भने यसबारे केही बताएका छैनन् ।
समाचार एजेन्सीहरुका अनुसार अमेरिकी नौसेनाको एउटा निगरानी विमानको ५ फिटको दुरीमा रुसी लडाकु विमान आएको थियो । अमेरिकाले यो घटनालाई ‘परस्पर असुरक्षित क्रिया’ भनेको छ ।
यो घटनाबारे रुसी अधिकारीहरुसँग छलफल गरिने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी विमानले आफ्नो मार्ग परिवर्तन गरेपछि रुसी लडाकु विमान पनि फर्किएको बताइन्छ ।