दक्षिण भारतको केरला राज्यमा पानीजहाज बनाउने स्थानमा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
कोचिन बन्दरगाहमा मर्मतका लागि राखिएको एउटा जहाजमा मंगलवार बिहान विस्फोट भएको थियो।
प्रहरीका अनुसार जहाजमा रहेका अरू सबै जनाको उद्धार गरिएको र स्थिति नियन्त्रणमा लिइएको थियो। थप कोही पनि हताहत हुने सम्भावना नरहेको बताइएको छ।
घटना भएको सरकारी स्थानमा देशकै ठूला जहाजहरू मर्मत गर्ने गरिन्छ।
घाइते भएकामध्ये तीन जनाको शरीरमा पोलेको छ र उनीहरूको उपचार हुँदैछ।
प्रहरीका अनुसार विस्फोटपछि निस्किएको धूवाँमा निस्सासिएर पाँच जनाको मृत्यु भएको थियो।