प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तीन सदस्यीय मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गरेको राष्ट्रियसभा सदस्यको नाम खारेज गरी नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
नव गठिन सरकारको दोस्रो मन्त्रिपरिषद बैठकले तीन जना राष्ट्रियसभा सदस्य नयाँ सिफारिस गर्ने जनसंख्या तथा वातावरणमन्त्री लालबावु पण्डितले बताउनु भएको छ ।
यसअघिको सरकारले प्रक्रिया नपु¥याएर अनुमोदनका लागि तीनजनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकाले त्यसलाई खारेज गर्दै अर्को तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको मन्त्री पण्डितले जानकारी दिनु भयो ।
तर तीनै जनाको नाम अहिले गोप्य राखिएको भन्दै उनले नाम बताउनु भएन । उपयुक्त समयमा तीनैजनाको नाम थाहा पाइने उहाँको भनाई छ ।
यसअघि देउवा नेतृत्वको सरकारले तीनजनाको नाम अनुमोदनकालागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको थियो । तर, दलीय सहमति नगरेरै सरकारले एकलौटी सिफारिस गरेको भन्दै शितलनिवासले तीन नामलाई अनुमोदन गरेको थिएन ।
देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम मनोनयनका लागि राष्ट्रपति कार्यालयमा बुझाएको थियो ।
सात प्रदेशबाट आठ जनाको दरले यसअघिको निर्वाचनमा ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित भइसकेका छन् । सरकारको सिफारिसमा तीन जनालाई राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।
अब, मनोनाय हुने तीन जनामा एमालेलाई दुई र माओवादीलाई एक जना गरेर भागवण्डा गर्ने निर्णय भएको बताइ
देउवाको निर्णयलाई बदर गर्दै राष्ट्रियसभा सदस्यमा नयाँ नाम सिफारिस हुने
