नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले अहिलेका चर्चामा रहेका कुनै पनि पार्टीले केही गर्न नसक्ने र देशले विकासको गती लिन नसक्ने अभिब्यक्ती दिएका छन्।
बुद्ध जन्मस्थल लुम्बिनीमा शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा नेता भट्टराईले नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्ने दलको खाँचो छ ।’भईरहेका पुराना राजनीतिक दलले जीत हासिल गरे पनि केही वर्ष सत्तामा हालीमुहाली गर्ने र अन्नततः मुलुकलाई दुर्घटनामा पार्न सक्ने आरोप लगाए ।
भट्टराईले भने ‘मैले देखिरहेको छु, यी दलले मुलुकलाई पार लगाउँदैन’, ‘यी दुबै पार्टीले गर्न नसक्ने काम हामीले गरेर देखाउछौँ ।’