“वाम गठबन्धनको सरकार बन्नु आमुल परिवर्तन हो” :लेखक दिलनिसानी मगर (भिडियो सहित )

“वाम गठबन्धनको सरकार बन्नु आमुल परिवर्तन हो” :लेखक दिलनिसानी मगर (भिडियो सहित )
समाज

लेखक दिल निसानी मगर भन्छन्,“वाम गठबन्धनको सरकार बन्नु देश र जनताकोलागि एउटा आमुल परिवर्तन हो । तर परिवर्तनकालागि अब नेताहरुको सोंच उही पुरानो हुनु हुँदैन । हाम्रा नेताहरुमा प्रशस्तै भिजन छन् । भिजनले मात्रै देशमा आमुल परिवर्तन हुन सक्दैन । त्यसकालागि कार्यान्वयन हुन अति नै जरुरी छ ।”

लेखक मगरले एमाले र माओबादीको गठबन्धन र वाम गठबन्धनको सरकारको विषयमा जनयुद्धलाई सम्झंदै भने,“उतिबेला माओबादी जन्मदैनथ्यो भने आज नेपालको राजनीतिले यो गति लिंदैनथ्यो ।” जनयुद्धमा सहिद र अपांग भएकाहरुलाई सम्झंदै लेखक मगरले दुःख र केही हर्षित भावमा भने,“कोही सहिद भए, कोही टुहुरा, कोही घरबार बिहीन भए त कोही बीच बाटैमा अलपत्र, कोही एकल भए त कोही अपांग । उनीहरुप्रति म संधै नतमस्तक रहने छु । आज देशमा जुन आमुल परिवर्तन भएको छ त्यो केवल तीनै सहिद, अपांग, घरबार बिहीनहरुको देन हो ।”

जनयुद्धताका माओबादीको सक्रिय कार्यकर्ताको रुपमा कार्यरत लेखक दिननिसानी मगर आफुलाई अहिले पनि लडाकु भन्न रुचाउँछन् । उनी भन्छन्,“पहिला साम्यबाद स्थापना र पुँजिबाद अन्त्यकालागि हतियार उठाएँ र लडाकु भएँ भने, विस्तृत शान्ति सम्झौता पश्चात कलमको माध्यमद्धारा समाजबाद स्थापनाकालागि लडाकु भएको छु ।” “समय र परिस्थितिको आवश्यकता अनुसार म पहिला पनि लडाकु थिएँ । र अहिले पनि म आफुलाई लडाकु नै भन्न रुचाउँछु ।” लेखक मगर भन्छन् ।

[youtube https://www.youtube.com/watch?v=-T9pua_cAjQ]

 

बिहीबार आफ्नै निवासमा भेटिएका लेखक दिलनिसानी पश्चिम नेपाल बाग्लुंगका हुन् । दिलनिसानीसंग कुरा गर्दा उनी आफुलाई चित्त नबुझ्ने विषयमा बोल्न कसैसंगपनि नडराउने र त्यसको प्रतिबाद गर्नपनि पछि नपर्ने स्वभाव भएको बताए । सोही स्वभावकै कारण पछिल्लो समय सञ्चार माध्यममा सञ्चारकर्मी रवी लामिछानेको विषयमा आफ्नो विचार अभिव्यक्त गर्दा उनी निकै नै विवादित पनि बन्न पुगे । पत्रकार रवीको विषयमा निसानीले आफुले भनेका कुरा सबै भएको हुनाले नै आजपनि र भोलिपनि यो विषयमा आफुलाई कुनै प्रकारको पश्चाताप नहुने पनि बताए ।

मुखमा रामराम बगलीमा छुरा झैं गर्ने विशेषता आफुमा नभएको भन्दै लेखक निसानी भन्छन्,“रवीको पत्रकारीतालाई नेपालका कुनै पनि पत्रकारले पत्रकारिताको सिद्धान्त भन्दा बाहीर गएर गरिएको छ भन्न पछि पर्दैनन् । फरक यति हो उनीहरुले रवीको पिठ पछाडी भन्छन् भने मैले अगाडी नै भने । मैले उनको विषयमा केवल ३ वटा कुरामा आफ्नो विचार व्यक्त गरेको छु । जुन कुरा दोहार्याउन मलाई कहिले पनि कुनै असहज महसुस हुनेछैन ।” उनले कुराकानीलाई निरन्तरता दिंदै भने,“रवीको विषयमा मेरो भनाईलाई सञ्चारकर्मीले केवल कन्ट्रोभर्सी बनाए । उनीहरुले रवीको विरोध गर्न नसकेर मेरो ढाडमा टेक्दै रवीको टाउकोमा हानेका हुन् । यो कुरा बुझ्नेले बुझेका छन् ।”

केही राजनीति केही व्यक्तिगत त केही विवादित विषयहरुमै गरिएको कुराकानीमा लेखक निसानीले आफुलाई गरिने नराम्रो कमेन्टप्रति कहिले पनि नराम्रो नमानेको बताउँदै संसारका ठुला विद्धानहरु आलोचित भएको विषयमा आफ्नो ध्यान केन्द्रित गरेर आफुलाई सकारात्मक बनाउने गरेको पनि बताए ।

Post Comment