शिशु कुटपिट गर्ने पोखराको शिशु निकेतन

शिशु कुटपिट गर्ने पोखराको शिशु निकेतन
समाज

२१ औं सताव्दीको शिक्षा दण्ड र यातनावाट टाढा रहनुपर्छ । वालवालिकाहरु पढ्ने विद्यालयमा केवल अध्ययनमैत्री वातावरणको अपेक्षा गरिन्छ तर कतिपय विद्यालयहरु यातना गृह जस्तै वन्ने गरेका छन् ।
यस्तै एउटा घटना पोखराको नाम चलेकै विद्यालयमा पनि घटेको छ । विरौटाको शिशु निकेतन वोर्डिङ स्कूलका गणित शिक्षक रामजी भट्टराईले कक्षा १० मा अध्ययनरत एक छात्रलाई निर्घात कुटपिट गरेका खवर केहि ढिलो गरि सराङकोटलाई प्राप्त भएको छ ।
घटना विवरण अनुसार गत माघ २८ गते विहान १० वजे गणित शिक्षक रामजी भट्टराइले एक विद्यार्थीको झोला चेक गर्दा चुईगमको खोल फेला परेको निहुमा कक्षा कोठामै निर्घात कुटपिट गरेका थिए । शिक्षक भट्टराईले कुटेको डाम ढाड भरि परेको थियो । कठालो समातेर विद्यार्थीको ढाड सेकाइरहँदा पनि झ्याल र ढोका वाट हेर्ने शिक्षक कर्मचारीहरु मुकदर्शक वनेका थिए ।
शिक्षकको कुटाइवाट थलिएका विद्यार्थीले घर जान विन्ती गर्दा पनि नदिएर विरामी कक्षमा सुताएर ढाडमा तेल लगाउदै राखिएको थियो । कुटपिटवाट सिथिल विद्यार्थी साँझ घर आएपछि वल्ल उपचारको लागि फेवासिटी अस्पताल लगिएको विद्यार्थीको अभिभावकले वताएका छन् । अस्पतालको परीक्षणमा उनको रक्तचाप उच्च देखिएको, टाउको दुखेको र ढाडमा हातले पिटेको डाम रहेको हस्पिटल को रिपोर्टमा उल्लेख छ ।

पोखराको महंगो विद्यालयमा गनिने शिशु निकेतन वोर्डिङ स्कुलमा विद्यार्थीले निर्घात कुटाई खानुपरेपछि अरु सामान्य विद्यालयको अवस्था के होला ? एस.इ.इ. परीक्षाको तयारी गरिरहेका विद्यार्थी माथि शिक्षकवाटै यस्तो दुव्र्यवहार सहनुपर्दा विद्यालय र शिक्षक प्रति विद्यार्थीको मनस्थिति कस्तो होला, भौतिक यातनाको विकल्प अरु नभएझै कुटपिटमा उत्रने गणित शिक्षक रामजी भट्टराईलाई विद्यालयले संरक्षण गरेर राखेको छ । विद्यालयका प्राचार्य नरेन्द्र थापाले विद्यार्थी माथि भएको कुटपिटको घटना स्वीकार गरे । प्राचार्य थापाले भने शिक्षक रामजी भट्टराईलाई अन्तिम चेतावनी दिएका छौ अव यस्तो गल्ती दोहोरिएमा निस्कासनको विकल्प छैन । 

सानो गल्तीलाई लिएर गरिएको कुटपिट प्रकरणको दाग ढाडवाट हराए पनि पिटाई खाने र देख्ने विद्यार्थीहरुको मनको त्रास भने उस्तै उस्तै छ । यो घटनाले पढ्न पठाएका वालवालिकाहरुको सुरक्षा चिन्ता वढाएको छ । वाल अधिकारकर्मी तथा राज्यका नियमनकारी निकायले यस्ता घटनाको छानविन गर्नु पर्छ । पिडित विद्यार्थी र अभिभावकहरुले पनि यस्ता अवाञ्छित घटनाहरु वाहिर ल्याउन पर्छ नकि अन्य विद्यालयमा यस्ता घटना नदोहोरियोस् । विद्यालयले शिक्षक कर्मचारी भर्ना गर्दा पनि उनिहरुलाई प्रशिक्षण गराउन जरुरी देखिएको छ ।

Post Comment