अमेरिकाले अन्तर्राष्ट्रिय मूल्य–मान्यताको उल्लंघन गर्यो :रुस

अमेरिकाले अन्तर्राष्ट्रिय मूल्य–मान्यताको उल्लंघन गर्यो :रुस
अन्तर्राष्ट्रिय समाचार

अमेरिकाले अन्तर्राष्ट्रिय मूल्य–मान्यताको उल्लंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ ।

फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो ।

डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तर्राष्ट्रिय मूल्य–मान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताए ।

अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरे ।

फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्बन्ध बनाउन कुनै फाइदा नगर्ने उनको भनाइ छ ।

रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरियामा भएको आक्रमणको निन्दा गरेका छन् ।

Post Comment