सोमबार सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटनाबाट बचेको छ । ठूलो दुर्घटनाबाट जहाजमा सवार १८ जना यात्रु जोगिएका छन् ।
समिट एयरको जहाज अवतरण गरेर रनवेमा कुँदिरहेका बेला एक्कासी ढलपलाउँदै पछाडीको भागले रनवेमा छोएको भिडियोमा देखिन्छ । अवतरणका क्रममा जहाज रन वे मा नियन्त्रण गुमाएर केहिबेर ढलपलाएको थियो । केहीबेर पछि नियन्त्रणमा आएको जहाज गुड्दै पार्किङ एरियामा पुगेको भिडियोमा देखिन्छ ।
एयरपोर्ट सुरक्षाकर्मीका अनुसार जहाजले अचानक सन्तुलन गुमाएको देखिए पनि प्राबिधिक समस्या के थियो भन्ने खुल्न सकेको छैन । यसबारेमा समिट एयरले आधिकारिक केही बताएको छैन ।
[youtube https://www.youtube.com/watch?v=WvuCGTlF8Wo]