१४ बैशाख, पोखरा / खहरे आमा समुह, पोखरा लेखनाथ -६, बैदामको आयोजनामा निशुल्क स्वास्थ्य परीक्षण तथा मधुमेह, रक्तचाप, पेट एबम कलेजो रोग सम्बधि जनचेतनामुकल कार्यक्रम सम्पन भयो /
सन्तोषी हस्तकला उद्योग, खहरे टोल बिकास समिति र खहरे दाजुभाइ समुहको सहयोगमा भएको उक्त कार्यक्रमको प्राबिधिक सहयोग डा सुबास भट्टराई, डा मेरिना भट्टराई तथा गेस्ट्रो केयर प्रा लि पेट तथा कलेजो रोग उपचार केन्द्र नागढुंगाले गरेको थियो /
मधुमेह, रक्तचाप, पेट एबम कलेजो रोग सम्बधि समाजमा हुने गरेका भ्रमहरुलाइ कार्यक्रमका प्रमुख अथिति पेट तथा कलेजो रोग बिशषज्ञ सह-प्राध्यापक डा सुभाष भट्टराईले बिश्लेषण गर्नु भयो / टाउको देख्दैमा प्रेसर हुने र टाउको नदुख्दैमा प्रेसर रोग नहुने होइन /
नराम्रो खानपीन, आहार बिहार, शारीरिक ब्यायामको कमीले गर्दा आज भोलि पेट, कलेजो, प्रेसर, मधुमेहको रोगीहरु बढ्दै गैरहेको बताउनु भयो / सामाजमा प्रेसर, सुगर, जन्डिस सम्बधि धेरै बिरामी रहेको कुरा समेत बताउनु भयो / अन्तमा घरको आमा दिदि निरोगी रहे घर समाज नै निरोगी रहेको कुरा बताउनु भयो /
पोखरा लेखनाथ महानगर पालिका वार्ड न ६ बैदामका वडा अध्यक्ष जगन्नाथ पहारीले उक्त कार्यक्रम उदघाटन गर्नु भएको थियो / वडाका प्रतिनिथी, वडा सदस्यहरु, खहरे आमा समुहको अध्यक्ष मैया थापा, गेस्ट्रो केयर ल्याबका इन्चार्ज भुपेन्द्र पाण्डे, समाजसेवी तथा आमा समाज सदस्यहरु लगाएतको उक्त कार्यक्रममा सहभागिता रहेको थियो / १०० जना भन्दा बढीले निशुल्क मधुमेह, कलेजो र रगतमा देखिने चिल्लोपनाको परिक्षण गराए /