नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले बहुमतका नाममा घमण्ड नगर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिनुभएको छ ।
रिपोर्टस् क्लब पाँच नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले गफ गर्न छोडेर काम गर्न र बहुमतका नाममा घमण्ड नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको हो ।
भारत र चीन दुवै देशसँग सम्बन्ध बढाउनु पर्ने बताउँदै उहाँले भारतलाई गाली गरेर भोट बटुलेको कम्युनिष्ट गठबन्धनको परीक्षा सुरु भइसकेको बताउनु भयो । प्रधानमन्त्री ओलीको पहिलो दिल्ली भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको रहस्य विस्तारै खुल्दै जाने उहाँले बताउनुभयो ।
उहाँले काँग्रेसमा पदाधिकारीको मनोनयन र अनुमोदन सहमति मै हुनुपर्ने बताउनु भयो ।