अब लागू औषध र हुण्डी विरुद्ध कडा रुपमा उत्रने

अब लागू औषध र हुण्डी विरुद्ध कडा रुपमा उत्रने
राजनीति

गृह मन्त्रालय अब लागू औषध र हुण्डी कारोबारीको काराबाहीमा उत्रने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले गहृ मन्त्रालयको अबको योजना लागू औषध र हुण्डी कारोबारीका विरुद्ध हुने बताए ।

मन्त्री थापाले गृहमन्त्रालय लागू औषध, हुण्डीलगायतका विकृती विरुद्ध कडा रुपमा उत्रने बताएका हुन् । ‘लागू औषधले देश गाँजेको छ ।

कुलतमा फस्ने र नेपाललाई ट्रान्जिट बनाएर तस्कर हुने गरेको देखिन्छ,’ गृहमन्त्री थापाले भने ‘त्यसविरुद्ध अभियानै बनाएर मन्त्रलाय कारबाहीमा उत्रन्छ ।’

लागू औषध तस्करी, कारोबारी, सेवन लगायत सबै खालका सञ्जाल ध्वस्त पार्ने गृहको योजना छ ।

त्यसैगरी सिण्डिकेटले गर्दा देशको अर्थतन्त्र माफियाको हातमा गएको भन्दै मन्त्री थापाले सबै खाले सिण्डिकेटको अन्त्य गर्ने बताएका छन् ।

‘अहिले हरेक क्षेत्रमा सिण्डिकेट व्याप्त छ । सिण्डिकेटकै कारण देशको अर्थतन्त्र माफियाको हातमा पुगेको छ ।

व्याप्त सबै खाले सिण्डिकेटको अन्त्य गरिन्छ’ मन्त्री थापाले भने । त्यसैगरी वैदेशिक रोजगारमा हुने ठगी, जमिनसँग जोडिएका विषय, वित्तसँग जोडिएका विषय र हुण्डी कारोबारी विरुद्ध पनि अभियान नै थालेर ध्वस्त पार्ने मन्त्री थापाले बताए ।

देशको विकास सम्वृद्धिमा जोडिएका विषयमा व्याप्त कालोबजारी तथा तस्करी भएको उनको भनाई छ । अवैध अर्थतन्त्र र तस्करीलाई ध्वस्त नगरी विकास र सम्वृद्धि सम्भव नभएकाले सबै खाले तस्करीको अन्त्य गरिने बताए ।

Post Comment