रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको स्वाभिमान सगर्व फर्काउन सफल बताएका छन् ।
सोमबार राजधानी मस्कोस्थित क्रेमलिन हलमा आयोजित विशेष समारोहमा राष्ट्रपतिको चौथो कार्यकालको शपथ लिंदै उनले मुलुकको शक्ति र समृद्धिका लागि सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शपथग्रहण समारोहमा करिब ५ हजारको संख्यामा पाहुनाहरु उपस्थित थिए ।
हालै भएको राष्ट्रपतिको निर्वाचनबाट उनी अर्को ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
पुटिनको शासनविरूद्ध शनिबार मस्को तथा अरु सहरहरूमा विरोध प्रदर्शन भएको थियो ।
पुटिन विगत १८ वर्षदेखि रुसमा राष्ट्रपति वा प्रधानमन्त्रीकारूपमा सत्तामा रहिआएका छन् ।
सन् २००० मा पहिलोपल्ट राष्ट्रपतिमा निर्वाचित पुटिन दोस्रोपटक २००४ मा निर्वाचित भएका थिए ।
तर, सन् २००८ मा राष्ट्रपति बनेका दिमित्री मेदभेदेभअन्तर्गत् पुटिन दुई कार्यकाल शक्तिशाली प्रधानमन्त्री बने । रुसमा एउटै व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान रहेको छ ।
पुटिन सन् २०१२ मा फेरि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
सन् २०२४ सम्म सत्तामा रहे ६५ वर्षीय पुटिन शासन सत्तामा बसेको २५ वर्ष पुग्नेछ ।