अमेरिकी विदेशमन्त्री अकस्मात् उत्तर कोरिया पुगे

अमेरिकी विदेशमन्त्री अकस्मात् उत्तर कोरिया पुगे
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात् उत्तर कोरिया पुगेका छन् । अमेरिकी विदेशमन्त्रीकारुपमा भएको उत्तर कोरियाको यो एक दुर्लभ भ्रमण हो ।

उनी बुधबार उत्तर कोरिया पुगेको बताइएको छ । उनी उत्तर कोरियाको राजधानी प्योङयाङ अवतरण गर्दा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताइन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको बेला विदेशमन्त्री पेम्पेओ उत्तर कोरिया पुगेका हुन् । यस भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ ।

उनले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।

उनी अघोषित भ्रमणका लागि त्यहाँ गएका हुन् । यसबाट अमेरिका र कोरियाबीच हुने भनिएको आसन्न उच्चस्तीय वार्ताको सफलताका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

Post Comment