प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्ति प्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्ति प्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै उनले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए ।

उनले यो नेपाल सरकारको नीति अनुसार नभएको बताए ।

Post Comment