फेसबूक संसारभरिका करोडौं मानिसले चलाउने सामाजिक सञ्जाल हो । मंगलवार यो सामाजिक सञ्जाल दिग्गजले सन् २०१८ को पहिलो तीन महिनामा तीन करोड पोस्ट हटाएको जानकारी दिएको छ ।
यौनजन्य वा हिंसक तस्वीर, आतंकी प्रोपागान्डा र घृणा फैलाउने पोस्टलाई फेसबूकले हटाएको हो ।
क्याम्ब्रिज एनालाइटिका विवादपछि पारदर्शिताका विषयमा एउटा प्रतिवेदनमा फेसबूकले आफ्नो कम्युनिटी स्ट्यान्डर्ड्सअन्तर्गत यस्ता कन्टेन्टमाथि गरिएको कारवाहीको जानकारी दियो । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगपश्चात्
लगभग तीन करोड ४० लाख पोस्टहरूलाई कारवाही गरिएको फेसबूक बताउँछ । सन् २०१७ को अन्तिम त्रैमासिकको तुलनामा यो तीन गुणा बढी हो ।
प्रयोगकर्ताहरूले चेतावनी दिनुअघि नै फेसबूकले लगभग ८५.६ प्रतिशत मामिलामा तस्वीरहरूको पहिचान ग–यो । यो रिपोर्ट सार्वजनिक गर्नुअघि फेसबूकले आफ्नो प्लेटफर्मबाट २०० वटा एप्स हटाएको थियो । यी एपहरूले प्रयोगकर्ताको निजी डाटाको गलत प्रयोग गरेको विषयमा अनुसन्धानपछि हटाइएको छ ।
फोटो डिटेक्सन पद्धतिमार्फत हिंस्रक तथा यौनजन्य तस्वीरको पहिचान भएको हो