चीनसँग रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो

चीनसँग रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो
अन्तर्राष्ट्रिय समाचार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेका छन् ।

इतिहासमा नै रुस र चीनबीचको रणनीतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ । रुस र चीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्णरुपमा लिइएको छ ।

उनले ‘चीनसँगको रुसको सम्बन्धलाई कुनैपनि नयाँ परिभाषा दिन आवश्यक छैन’–भनेका छन् ।

उनले पछिल्लो समयमा रुस–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको धारणा पनि राखे ।

शनिबार सेन्ट् पिटस्बर्गमा चिनियाँ समाचार समिति ‘सिन्ह्वा’लाई दिएको एक अन्तर्वार्तामा उनले सो धारणा राखेको जनाइएको छ ।

उनले चिनियाँ कम्युनिष्ट पार्टीको १९औं कंग्रेसपछि रुसको चीनसँगको सम्बन्ध थप सुमधुर भएको धारणा राखे ।

रुस र चीनको आगामी सम्बन्धलाई अझ अगाडि बढाउने वातावरण उक्त कंग्रेसले सिर्जना गरेको उनले बताए ।

उक्त अन्तर्वार्ताकाक्रममा उनले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताए ।

उनले उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रुसको पनि समर्थन रहेको बताए ।

कोरियाको यस वार्ताले कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका साथै यस क्षेत्र र विश्वमा नै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने राष्ट्रपति पुटिनले बताए ।

चीनसँगको व्यापारिक सम्बन्धबाट आफू पछिल्लो समयमा निकै सन्तुष्ट रहेको उनले बताए । उनले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएको बताए ।

रुस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनैपनि समस्या नरहेको धारणा राष्ट्रपति पुटिनले राखे । उनले पछिल्ला केही वर्षहरुमा व्यापारको मात्रामा पनि वृद्धि भएको बताए ।

हाल रुस र चीनबीचको व्यापार ८६ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।

Post Comment