
सुदुर पश्चिमको बिकासका लागि सुदुर पश्चिम नेपाली समाजले महत्त्वपूर्ण भुमिका खेल्ने छ।
केही बर्ष यता नेपालका प्रदेश नम्बर ७ का प्रबासिएका युवायुवतीहरु लगायत सम्पुर्ण सुदुर पश्चिमवासिहरुले गैर राजनीति सामाजिक संस्था सुदुर पश्चिमेलि नेपाली समाज नामक संस्थाको स्थापना गरेका छन् ।प्राकृतिक दृस्ठिकोणले नेपालको सुदुर पश्चिम अथवा सात नम्बर प्रदेश प्रकृतिको धनी छ तर बिकास हुन नसक्दा नेपालको अधिक जनसंख्या मध्य बिदेश तथा प्रदेश जाने तिर सुपकै जनसंख्या अधिक छ।स्वदेशमा रोजगारीका अवसर नहुदा प्रायः सात नम्बर प्रदेशका युवायुवती लगायत बुढापाखाहरु पनि छिमेकी मुलुक भारत गएर जिविका उपार्जन गर्ने गरेका छन् ।प्रकृतुको अधिक धनी प्रसस्त नदिनाला गुफा मन्दिर धाम वन जंगल अमुल्य जडिबुटी ताल तलैया बडिमालिका खप्तड पाटन लगायत अग्ला अग्ला डाडापाखा र थुप्रै हिमालयहरुको सुन्दरताले मन नै लोभ्याउने खालका सुन्दरताहरु नै यस प्रदेशमा पर्दछन ।यदि साच्चिकै यस प्रदेश क्षेत्र को बिकास भईदिए सुनमा सुगन्ध थपिने थियो।करिब दुई तीन बर्ष अगाडि सम्म प्रबासिएका सुदुर पश्चिमेलिहरु विभिन्न राजनीति दल निकट संगठनमा आबद्ध भए पनि आज भोलि सुन्दर सुदुर पश्चिमेलिहरुको गैर राजनीति तथा सामाजिक संस्था सुदुर पश्चिमेलि समाजमा देख्न सकिन्छन।बिदेशका विभिन्न राष्ट्रमा रोजगारी तथा आफ्नो ब्यापार ब्यबसाय गर्दै आएका सुप वासिहरुमा अब आफ्नो मातृभुमिको लागि केही गर्नुपर्छ भन्ने भावना जागेको छ।
एकताको सुत्रमा बाधिनु पर्छ भावनाको पनि बिकास भएको छ।सुदुर पश्चिमको बिकासको लागि पनि नेपालमा स्थापित राजनीति दलहरु संग सहकार्य गर्दै अगाडि बढ्ने योजना पनि प्रस्तुत गरिएका छन् । यो सात नम्बर प्रदेशका लागि एक ठुलो गर्भको कुरो पनि हो।सुदुर पश्चिमको सामाजिक कामका कार्यका लागि यस सुप समाजले सक्दो सहयोग गर्नेछ।सात नम्बर प्रदेशको बिकासका लागि हामी सबैले मिलेर जानुपर्छ र सुदुर पश्चिम लाई साच्चिकै सुन्दर सुदुर पश्चिम बनाउनु पर्छ यस्को लागि तपाईंहरुको सामाजिक संस्थाको पनि महत्त्वपूर्ण भुमिका हुने छ यी भनाईहरु सात नम्बर वासी राजनीति दलका नेताहरुका थिए।
केही महिना अगाडि सात नम्बर प्रदेशको राजधानी धनगढीमा अन्तर्राष्ट्रिय महाअधिबेशन र भारत समितिको अधिबेशन भए लगत्तै सुप वाशिमा झन बिश्वास र खुशी छाएको छ भने प्रबासमा भएका सुदुर पश्चिमेलिहरु पनि यस संस्थामा आबद्ध हुने क्रम तिब्र भएको देखिन्छ भने सुदुर पश्चिमका विभिन्न स्थानमा भएका विभिन्न किसिमका दु:खद घटनाहरुलाई मध्य नजर गर्दै सक्दो सहयोगहरु गरिएका थिए। यसका साथ साथै अन्तर्राष्ट्रिय सुदुर पश्चिमेलि समाजको संयुक्त पहलमा दार्चुला र बझाङमा महिलाहरुको पाठेघर सम्बन्धि निशुल्क शिबिर संचालन गरेको थियो।
करन साउद
सुदुर पश्चिमेलि समाज भारत अभियान्त