सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध स्वरुप प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । नेविसंघ पाटन संयुक्त क्याम्पनसले मूल्य वृद्धि फिर्ताको माग गर्दै विहीबार पुत्ला दहन गरेको हो ।
पेट्रोलियम पदार्थसहित अन्य सामाग्रीको मूल्य फिर्ताहुनपर्ने माग सहित नेविसंघल देशव्यापी विरोधका कार्यक्रम गर्दैआएको छ । मसाल जुलुस, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम सकिसकेको छ । विराेध कार्यक्रम अन्तरगत बुधबार सबै जिल्ला प्रशासन अगाडि धर्ना र चक्काजामका कार्यक्रम गरेको थियो ।