अमेरिकी आरोप:चीनले अति संवेदनशील तथ्यांक ह्याक गर्यो

अमेरिकी आरोप:चीनले अति संवेदनशील तथ्यांक ह्याक गर्यो
सुचना-प्रबिधी

अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई)ले चीन सरकारले नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको आरोप लगाएको छ ।

एफबीआईले आवाजको गतिमा उड्ने सुपरसोनिक मिसाईल परियोजनाको जहाजसम्बन्धी सूचना चोरी गरेको दाबी गरेको हो ।

गत जनवरी र फेब्रुअरीमा तथ्यांकमाथि आक्रमण भएको अमेरिकी सञ्चार संस्था सीबीएस न्युजले जनाएको छ ।

अमेरिकी सेनासँग सम्बन्धित ठेकेदार कम्पनीको तथ्यांक चोरी गरी अमेरिकी सेनाको पनडुब्बी र पानीमुनि प्रयोग गरिने हतियारको अनुसन्धान र विकासमा भएको अध्ययनको तथ्यांक संकलन गरेको आरोप लगाइएको छ ।

रोड आइल्याण्डको न्युपोर्टमा रहेको सैन्य क्याम्पको सुचना चोरी भएको अमेरिकी अधिकारीको दाबी छ ।

चीनले बनाएको सी ड्रयागन नाम दिइएको पनडुब्बिका लागी अध्ययन भइरहेको थियो ।

Post Comment