कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सांसद खगराज अधिकारीले पर्यटन मन्त्रालय भित्र विकास विरोधी एजेन्ट घुसेको दाबी गरेका छन् ।
मन्त्रालयले बनाएको बिज्ञ समुहबाट ‘पोखरामा अन्तर्राष्ट्रिय उडान हुन सक्दैन’ भनेर आएको रिपोर्ट प्रति आपत्ति जनाउँदै उनले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल माथि षडयन्त्र सुरु भएको दाबि गरे ।
आज संसदको बैठकमा बिशेष समय लिएर बोल्दै अधिकारीले नक्कली ढंगले पोखरामा अन्तर्राष्ट्रिय उडान हुन सक्दैन भन्नेहरु बिरुद्ध कारवाहिको माग समेत गरेका छन् । ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई कुनै ताकतले रोक्न नसक्ने दाबी गरे ।
अधिकारीले विकास विरोधी किरालाई थुतेर कारबाही गर्ने आँट पर्यटन मन्त्रालयले राख्छ कि राख्दैन ? भन्ने प्रश्न समेत गरेका थिए ।