शिखर वार्ताका लागि सिंगापुर पुगे किम

शिखर वार्ताका लागि सिंगापुर पुगे किम
अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियाली नेता किम जङ-अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन्।

उनलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए र उनले किमसँगको एउटा तस्वीर सामाजिक सञ्जाल ट्विटरमा राखेका छन्।

राष्ट्रपति ट्रम्प पनि शिखर बैठकका लागि त्यसतर्फ गइरहेका छन्।

ट्रम्पले किमसँगको शिखर वार्ता शान्तिका लागि ‘एक पटकको प्रयास’ हुने बताएका छन्।

आफ्ना वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरूसहित किम सिंगापुर पुगेको समाचारमा जनाइएको छ।

दुई नेताबीच सिंगापुरस्थित एउटा होटलमा मंगलवार भेटवार्ता हुनेछ।

Post Comment