नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान नेपालको वैचारिक राजनीतिक नेतृत्व नयाँ शक्तिले गरिसकेको बताउनु भएको छ । नयाँ शक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको उद्घाटन गर्दै डा भट्टराईले उक्त कुरा बताउनु भएको हो ।
संयोजक भट्टराईले ‘सिंगो माओवादी पार्टीलाई प्रचण्डले कसरी एमालेको विचारविहिन समुद्रभित्र होमिदिए’ भनेर रोचक ढंगले व्याख्या गर्नुभयो । ‘माओवादी आन्दोलनलाई मैले धोका दिएँ कि प्रचण्डले रु,’ संयोजक भट्टराईले प्रश्न गर्दै भन्नुभयो, ‘मैले माओवादीले एउटा अभिभारा पूरा गर्यो, अब नेपाली समाजको नयाँ आवश्यकता पूरा गर्न रुपान्तरण हुनुपर्छ भनेँ । प्रचण्डजीले ह्यामलिनको पाइपपाइपरले जस्तै सिंगो माओवादीलाई एमालेमा लगेर मिसाइदिनुभयो ।’ उहाँले मुसाले असाध्यै दुःख दिएपछि प्राचीन शहर ह्यामलिनमा एक पाइपपाइपर सुमधुर संगीतबाट लट्ठ बनाएर शहरका सबै मुसालाई समुद्रमा डुबाइदिएको प्रसंगलाई भट्टराईले प्रचण्डसँग तुलना गर्नु भएको हो । सम्बोधनकै क्रममा डा भट्टराईले मदन भण्डारीको निधनपछिल एमाले आफैं विचारविहिन अवस्थमा पुगेको बताउनुभयो । त्यही एमाले र माओवादीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई सुन्निएर मोटाएको शक्तिको रुपमा चित्रित गर्नुभयो ।
बिपी कोइरालाको निधनपछि नेपाली कांग्रेस पनि विचारविहिन बनेर अँध्यारोमा छामछुम गर्दै अलमलिइरहेको उहाँको तर्क थियो । नयाँ शक्तिले परम्परागत पुँजीवाद र राज्य समाजवादबाट माथि उठेको समुन्नत समाजवादको बाटो विचार अगाडि सारेको भट्टराईले दावी गर्नुभयो । उनले वैकल्पिक शक्ति भन्ने पार्टीहरुलाई पनि एउटै वैकल्पिक केन्द्रमा गोलबद्ध हुन आह्वान गर्नुभयो । विश्वभरी दक्षिणपन्थी र प्रतिगामी वैकल्पिक शक्तिको पनि लहर चलिरहेको भन्दै उहाँले नयाँ शक्तिलाई आधुनिक युग सुहाउँदो प्रगतिशील वैकल्पिक शक्तिको रुपमा चित्रित गर्नुभयो ।
नयाँ शक्तिले रुपान्तरणकारी ध्रुवको राजनीति गरिरहेको भन्दै सत्ता स्वार्थमा आधारित अवसरवादी ध्रुवबाट मुलुकले निकास नपाउने संयोजक भट्टराईको तर्क थियो । ‘हामीले वैचारिक राजनीतिक ढंगले मुलुकको नेतृत्व गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘अब यो राजनीतिक शक्तिलाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्दै जनताबीच झांगिएर मुलुकको नेतृत्व गर्छौं ।’ सम्बोधनको क्रममा संयोजक भट्टराईले पुरानो शक्तिले समृद्धिको दावी गर्नुलाई बाँदरले दारी काटेको कथासँग तुलना गर्नुभयो ।
‘एकपटक बाँदरले मान्छेले दारी काटिरहेको देखेछ, उसले पनि मान्छेको नक्कल गर्दै दारी काट्न खोज्दा नाकै काटेछ,’ उहाँले भन्नुभयो, ‘पुराना शक्तिका लागि हामीले भनेको समृद्धि बाँदरले दारी काटेजस्तै भइरहेको छ ।’ उहाँले नेपालमा जातीय, वर्गीय, क्षेत्रीय र लिंगीय असमानतालाई सम्बोधन गर्ने समावेशी समृद्धिको विकल्प नभएको विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा पूर्वविधायक इस्लाम हवादी, विप्लव नेतृत्वको नेकपाका नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय सचिव देवाखर भट्टराईलगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरु सयौंको संख्यामा नयाँ शक्ति पार्टीमा समाहित हुनुभयो । नवप्रवेशीलाई नयाँ शक्ति पार्टीका संयोजक डा। भट्टराईले स्वागत गर्नुभएको थियो ।