पाल कम्युनिष्ट पार्टीकी प्रवक्ता पम्फा भुसालले पार्टीमा अहिले महिला सहभागित कम भए पनि महाधिवेशबाट ३३ प्रतिश सहभागता सुनिश्चित गरिने बनाएकी छिन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले केन्द्रिय समितिमा अहिले १७ प्रतिशत मात्रै महिला रहेको उल्लेख गर्दै महाधिवेशनपछि ३३ प्रतिशत हुने दाबी गरिन् ।
कम्युनिष्ट पार्टीमा ३३ प्रतिशत मात्र नभएर जनसंख्याका आधारमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्नेमा भुसालले जोड दिइन् ।
“पार्टी भनेको कपी ओली र प्रचण्ड मात्रै होइन, म पम्झा भुसाल पनि हो । महिला सहभागिता ३३ प्रतिशत मात्रै होइन, ५० प्रतिशत नै पुर्याउनुपर्छ ।” भुसालले भनिन् ।
उत्पिडित महिलालाई सबैभन्दा बढि अधिकार दिएर सामाजिक प्रतिनिधित्व गराउनुपर्छ भन्नेमा पार्टीभित्र एकमत रहेको उनको जिकिर छ ।
तर उनले पार्टीभित्रको सक्रियताका आधारमा पुरुषको बाहुल्यता भएको स्विकार गरिन् । “पुरुष कमरेडहरु लामो समयदेखि राजनीतिमा लागिरहेको स्थितीको बिचबाट हेर्दा महिला सहभािगता स्वभाविक नै हो ।”
संविधानले व्यवस्था गरेका ठाउँमा महिला सहभागिता सन्तोषजनक भए पनि बाध्य नहुने निकाय र संगठनमा महिला सहभागि कम भएको उनको गुनासो छ ।
अहिले पार्टी कमिटि, मन्त्रीपरिषद, संवैधानिक निकाय, राजनीतिक नियुक्ति, कुटनीतिक निकाय कतै पनि महिला सहभागिता सन्तोषजनक नभएकाले यसतर्फ नेतृत्वले सोच्नुपर्ने भुसालको तर्क छ ।