संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल तनाबमा परेकी छिन् ।
स्रोतका अनुसार मन्त्री यादवले आफूलाई राज्यमन्त्रीको हैसियतमा काम गर्ने अधिकार दिने आशमा रहेपनि अन्ततः उनको आशा निराशामा परिणत भएको छ। यादवले उनलाई धोका दिएको भन्दै अहिले मन्त्रालयमै गाँईगुँई हल्ला मच्चिएको छ । मन्त्री यादवले आफूलाई धोका दिएको भन्दै राज्यमन्त्री अर्याल अहिले तनाबमा समेत रहेकी छिन् ।
मन्त्री यादव र राज्यमन्त्री अर्यालबीच सूरुवातदेखि नै सम्बन्ध तित्तता रहेको बुझिएको छ । राज्यमन्त्री अर्यालले अहिलेसम्म मन्त्री यादवको कार्यकक्ष समेत प्रवेश गर्ने वातावरण बनेको छैन ।