एमालेको राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवाद

एमालेको राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवाद
राजनीति

काँग्रेसले तत्कालीन एमालेको राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको निश्कर्ष निकालेको छ ।

हेटौँडामा सकिएको काँग्रेसको जिल्ला सभापतिहरुको भेलाले यस्तो निश्कर्ष निकालेको हो ।

१९ बुँदेघोषणापत्र जारी गर्दै जिल्ला सभापतिरुको भेला सकिएको छ ।

भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।

काँग्रेसको १९ बुँदे घोषणापत्रमा छ-कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निशेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको भन्दै घोषणात्रिमा भनिएको छ, वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ ।

Post Comment