मलेसियाको पेनाङस्थित पया टेर्वोङमा कामदार बोकेको बस आज बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएको बताइएको छ । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो ।
स्थानीय समय अनुसार बिहान साढे ५ बजे बस दुर्घटना भएको हो । उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो । प्लेकसस् अमेरिकी कम्पनी हो ।