डा. गोविन्द केसी अधिनायकवादी हुन्: गृहमन्त्री थापा

डा. गोविन्द केसी अधिनायकवादी हुन्: गृहमन्त्री थापा
राजनीति

गृहमन्त्री रामबहादुर थापा बादलले डा. गोविन्द केसीलाई अधिनायकवादी भएको आरोप लगाउनु भएको छ । माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरेपछि पनि त्यहि ठाउँमा प्रदर्शन गर्न पाउनु पर्छ भन्दै आएका डा. केसीलाई गृहमन्त्रीले उनी स्वयं अधिनायकवाद भएको बताउनुभयाे ।

विहीबार गृहमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले ब्यंग्यात्मक शैलीमा डा. केसीप्रति लक्षित गर्दै बिरोध गर्न अन्यत्र ठाउँ हुँदा हुँदै माइतिघर मण्डलामा नै बिरोध गर्न पाउनुपर्छ भन्नु अधिनायकवाद हो ।उहाँले विरोध प्रदर्शन गर्न हजारौं ठाउँहरु खुल्ला हुँदा हुँदै  (मण्डला) मा नै  बिरोध गर्न पाउनुपर्छ भन्नु अधिनायकवाद भएकाे बताउनुभयाे ।

गृहमन्त्री थापाले माइतीघर मण्डलामा बिरोध र प्रदर्शन गर्दा हुने सडक जामले सर्वसाधारणमा पर्न जाने असुबिधालाई पनि ध्यान दिईनपर्ने बताउनुभयो ।उहाँले डा. के सी नागिरक प्रतिनिधी हो भने आफुहरु पनि जनताकै मतले प्रतिनिधित्व गर्दै राज्यसंचालनको दायित्व निर्वाह गर्ने जिम्मा लिएको र लोकतन्त्रमा कसैको अधिकार हनन गर्न नहुने र  हठ गर्न नहुने जिकिर गर्नुभयाे ।

Post Comment