ट्रिपर आतंक:अब देखि काठमाण्डौं उपत्यकामा राती मात्रै चल्न पाउने

ट्रिपर आतंक:अब देखि काठमाण्डौं उपत्यकामा राती मात्रै चल्न पाउने
समाज

गृहमन्त्री रामबहादुर थापाले टिपरलाई उपत्यकाभित्र निश्चित समयमा मात्र चलाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

बुधवार गृहमन्त्री थापाले उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बोलाएर निश्चित समयमा मात्र टिपर चलाउन निर्देशन दिएका हुन् । गृहमन्त्री थापाले साँझ ८ बजेदेखि विहान ५ बजेसम्म मात्र टिपर चलाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

पछिल्लो समयमा उपत्यका भित्र टिपरको ठक्करबाट मृत्यु हुनेको सङख्या बढेसँगै गृहमन्त्रीको यस्तो निर्देशन आएको हो ।

Post Comment